चिलिमे सुरुङमा फसेका कर्मचारीसम्म पुग्न १०० मिटर मात्रै बाँकी
kendrabindu.com · Fri Sep 11 06:54:15 GMT 2026

काठमाडौं । गत भदौ १० गते आएको बाढीका कारण क्षतिग्रस्त रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको भूमिगत विद्युत्गृहमा फसेका कर्मचारीको उद्धारमा आशा पलाएको छ।
चिलिमे जलविद्युत् आयोजनाका पूर्वप्रमुख तथा पूर्वऊर्जामन्त्री कुलमान घिसिङका अनुसार उद्धार टोलीले मुख्य पहुँच सुरुङमा जम्मा भएको लेदो, बालुवा र ढुंगा हटाउँदै विद्युत्गृह नजिक पुगिरहेको छ। अहिले विद्युत्गृहसम्म पुग्न करिब १०० मिटर मात्रै बाँकी रहेको उनले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)