त्रिशूलीमा फुर्केखोलाको पुल बगेपछि १६ दिनदेखि राजमार्गसँग धादिङवेंशीको सम्पर्कविच्छेद
corporatenepal.com · Fri Sep 11 06:53:27 GMT 2026

धादिङ । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले राष्ट्रिय राजमार्गसँग धादिङ सदरमुकाम धादिङवेंशीको सडक सम्पर्क १६ दिनदेखि टुटेको छ । धादिङवेंशी हुँदै जाने जिल्लाका उत्तरी बेल्टका गाउँबस्तीका स्थानीयलाई पनि आउजाउमा असहज भएको छ ।
वैकल्पिक मार्ग प्रयोग गरेर आवतजावत चलेपनि मुख्य लाइफलाइन मानिने पुल बगाएपछि पृथ्वी राजमार्ग, व्यस्त मलेखु बजार र धादिङका अन्य बजार आवतजावत कठिन बनेको छ । पुल बगाएपनि छेउको सहिद गेट सुरक्षित छ । तर, नदी आसपासका घरटहरा भने कटानले जोखिममा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)