शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
gorkhapatraonline.com · Fri Sep 11 07:07:52 GMT 2026

यही भदौ १० गते भोटेकोशीको बाढीमा परी ज्यान गुमाएकाको शव पहिचानका लागि पोखरामा अहिलेसम्म २५ आफन्तको ‘डिएनए’ नमुना सङ्कलन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीका अनुसार बाढीमा बेपत्ता भएकाहरुको खोजी तथा शव पहिचानका लागि उनीहरुका आफन्तको ‘डिएनए’ नमुना सङ्कलन भइरहेको छ । ‘डिनएन’का लागि निवदेन, मञ्जुरीनामा फाराम भर्ने र रगतको नमुना सङ्कलन गर्ने कार्य एकीकृत रुपमा जिल्ला प्रहरी कार्यालयबाट भइरहेको उहाँले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)