गुल्मीमा ३८ जातका कफीको परीक्षण
barnanmedia.com · Fri Sep 11 07:02:35 GMT 2026

कफीखेतीका लागि अग्रणी जिल्ला गुल्मीमा ३८ जातका कफीको परीक्षण गरिएको छ । जिल्लामा व्यावसायिक कफीखेतीको विस्तारसँगै कफीका नयाँ जातको परीक्षण तथा गुणस्तर अध्ययनका लागि उक्त परीक्षण गरिएको हो ।
कफी अनुसन्धान कार्यक्रमअन्तर्गत भण्डारीडाँडामा आर्थिक वर्ष २०८२÷८३ मा ३८ जातका कफीको जातीय मूल्याङ्कन सम्पन्न भएको कफी अनुसन्धान कार्यक्रमका प्रमुख तथा वरिष्ठ वैज्ञानिक जनार्जन गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार परीक्षण गरिएका जातमध्ये तीन वटा जात सिफारिसका लागि अन्तिम चरणमा पुगेका छन् । ती जातमा ‘गुल्मी लोकल’, ‘सेलेक्सन–१०’ र ‘एलोक्याटुरा’ रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)