बर्दियामा ८२ प्रतिशत किशोरीमा रक्तअल्पता
gorkhapatraonline.com · Fri Sep 11 07:14:39 GMT 2026

गुलरिया (बर्दिया), भदौ २६ गते। बर्दियामा किशोरीमा रक्तअल्पताको समस्या बढ्दै गएको पाइएको छ । स्वास्थ्य कार्यालय बर्दियाले गरेको रक्त परीक्षणमा ८२ प्रतिशत किशोरीमा रक्तअल्पता देखिएको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो दर ८० प्रतिशत थियो ।
स्वास्थ्य कार्यालयले आर्थिक वर्ष २०८२र८३ मा जिल्लाका आठ पालिकाका आठ विद्यालयमा अध्ययनरत एक हजार ९६८ किशोरीको रक्त परीक्षण गरेको थियो । परीक्षण गरिएकामध्ये एक हजार ६१७ जनामा रक्तअल्पता देखिएको स्वास्थ्य कार्यालयको तथ्याङ्क छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)