तनाव र अभावमा रुमलिएको चाडपर्व
arthadabali.com · Fri Sep 11 07:30:50 GMT 2026

गत भदौ १० गते चीनको तिब्बत क्षेत्रबाट भोटेकोशी हुँदै नेपाल पसेको बाढीले जनधनमा ठुलो क्षति पुुयाएको छ । बाढीले रसुवा र नुवाकोटमा अकल्पनीय क्षति पुुयाएको छ भने धादिङ, गोरखा, तनहुँ, चितवन र पूर्वी नवलपरासी जिल्लाका तटीय नदि आसपासका गाउँ वस्ती प्रभावित भएका छन् । यस्तो अवस्थामा हामीकहाँ चाडपर्व सुुरु भइसकेको छ । दसै तिहार आउन एक महिना मात्रै बाँकी रहेको छ । जनैपूर्णिमा, गाईजात्रा, कृष्णाष्टमी जस्ता पर्व सकिसकेको छ भने दसैंतिहार र छठ जस्ता ठूला पर्वहरू मुुखैमा आइसकेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)