कमजोर पक्षलाई छोडेर नयाँ ढंगमा जानुपर्छ : लिङ्देन
baahrakhari.com · Fri Jun 19 08:29:12 GMT 2026

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले विगतमा भएका कमजोरीलाई छाडेर नयाँ ढंगले अघि बढ्ने बताएका छन् । शुक्रबार (असार ५) पार्टी कार्यालय धुम्बाराहीमा सुरु केन्द्रीय कार्यसमिति बैठकमा उनले विगतका गल्ती, कमजारी सच्याएर नयाँ शिराबाट अगाडि बढ्नुपर्ने बताएका हुन् ।
“यही कार्यसमितिमा पनि भएका गल्ती, कमीकमजोरीहरू केलाएर कमजोर पक्षलाई छोडेर फेरि नयाँ ढंगमा जानुपर्छ,” उनले भने, “हामी फेरि पनि टालटुल गरेर मात्रै कमिटी र कमिटीमा सबै मान्छे अट्ने र कमिटीका मान्छे सबै मिल्ने मात्रै गर्ने तर राष्ट्रिय राजनीतिमा हाम्रो कहीँ पनि उपस्थिति नहुने हो भने त्यसको कुनै अर्थ रहँदैन ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)