अमेरिकामा एच-१बी भिसाहोल्डरलाई ६० दिनको छुट हटाउने प्रस्ताव
onlinekhabar.com · Fri Sep 11 07:32:57 GMT 2026

२६ भदौ, काठमाडौं । ट्रम्प प्रशासनले अमेरिकामा जागिर गुमेपछि नयाँ जागिर वा नयाँ स्पन्सर खोज्न पाइने ६० दिनको छुट सुविधा हटाउने प्रस्ताव गरेको छ। यस प्रस्तावमा एच-१बी भिसामा काम गर्ने दक्ष कर्मचारीहरू पनि समेटिएका छन्। बिहीबार अनलाइन सार्वजनिक गरिएको एक सरकारी सूचनामा यो जानकारी दिइएको छ।
जनवरी २०२५ मा सत्तामा फर्किएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले कानुनी आप्रवासनलाई सीमित गर्न यो नयाँ प्रयास गरेका हुन्। उनको प्रशासनले दक्ष विदेशी कर्मचारीहरूका लागि भिसा शुल्क बढाउने निर्णय पनि गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)