साहित्यकार सन्ध्या पहाडीको ‘क्रमशः सम्बन्धहरू’ लोकार्पण
onlinekhabar.com · Tue May 26 13:03:32 GMT 2026

१२ जेठ, काठमाडौं । साहित्यकार सन्ध्या पहाडीको उपन्यास क्रमशः सम्बन्धहरू सार्वजनिक गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को आयोजनामा यही जेठ ९ र १० गते अमेरिकाको कोलोराडोमा नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन आयोजना गरिएको थियो । यसै सम्मेलनको उद्घाटन समारोहमा कृति लोकार्पण गरिएको छ ।
समारोहमा विभिन्न मुलुकबाट सहभागी भएका अतिथिहरू तथा अमेरिकाका विभिन्न राज्यबाट आएका करिब २५० जना लेखक, पत्रकारहरूको उपस्थिति थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)