होल्डिङ सेन्टरमा घुम्ती स्वास्थ्य सेवा दिन निर्देशन
khabarhub.com · Fri Sep 11 07:46:01 GMT 2026

काठमाडौं – प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले घुम्ती स्वास्थ्य टोलीमार्फत होल्डिङ सेन्टरमा रहेका दीर्घरोगी, ज्येष्ठ नागरिक, महिला तथा बालबालिकालाई सेवा प्रदान गर्न सरकारलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले होल्डिङ सेन्टरमा रहेका दीर्घरोगी, ज्येष्ठ नागरिक, महिला तथा बालबालिकाका लागि घुम्ती स्वास्थ्य टोलीमार्फत प्रारम्भिक स्क्रिनिङ, नियमित औषधिको निरन्तर आपूर्ति तथा जटिल बिरामीको समयमै रेफरल र फलोअप सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)