निजी क्षेत्रप्रति प्रधानमन्त्री अनुदार देखिए : कांग्रेस सभापति थापा
himalpress.com · Fri Sep 11 07:48:47 GMT 2026

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्रीको निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक नरहेको बताएका छन्। गिरिजाप्रसाद कोइराला फाउन्डेसनले शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सभापति थापाले वर्तमान प्रधानमन्त्रीले निजी क्षेत्रलाई मन नपराउने र उपेक्षा गर्ने गरेको बताएका हुन्।
थापाले दुग्ध विकास संस्थान, हेटौँडा कपडा कारखाना तथा नेपाल औषधि लिमिटेड जस्ता सार्वजनिक संस्थानहरूको सञ्चालन र नाफाप्रति शुभेच्छा रहे पनि राज्य सञ्चालकले निजी क्षेत्र र समग्र अर्थतन्त्रको यथार्थ बुझ्न नसकेको टिप्पणी गरे।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)