रूखले च्यापेर दुई जनाको मृत्यु
nepalnews.com · Tue May 26 13:13:02 GMT 2026

दाङ। रोल्पाको थवाङमा हावाहुरीबाट ढालेको रूखले च्यापेर दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा थवाङ गाउँपालिका २ हेलोवाङकी ६० वर्षीया रुजु झाँक्री र सोही ठाउँकी ५० वर्षीया मनबुजी झाँक्री रहेको रोल्पा प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए। उनका अनुसार रुजुको घटनास्थलमा नै र मनबुजीको उपचारका लागि कास्की पोखरातर्फ लैजाने क्रममा आज मृत्यु भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)