राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
gorkhapatraonline.com · Fri Sep 11 07:52:54 GMT 2026

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मधेसी आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष आयोगका कार्यवाहक अध्यक्ष जीवक्ष साहले सो प्रतिवेदन पेस गर्नुभएको हो । नेपालको संविधानको धारा २९४ मा संवैधानिक आयोगका वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने व्यवस्था रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)