काठे पुलकै भरमा बेँसीसहर-चामे सडक
nagariknews.nagariknetwork.com · Fri Sep 11 07:39:36 GMT 2026

लमजुङको बेँसीसहरबाट हिमाली जिल्ला मनाङ जोड्ने बेँसीसहर–चामे सडकमा हाल तीन स्थानमा काठे पुल रहेका छन्। वर्षा याममा खोलामा पानीको मात्रा बढेपछि ती पुलबाट सवारीसाधन सञ्चालन गर्न जोखिम रहन्छ।
डुम्रे–बेँसीसहर–चामे सडक आयोजनाका सूचना अधिकारी नवीन विष्टका अनुसार चामे बजार क्षेत्रमा दुई र स्यार्कु खोलामा एउटा काठे पुल छ। अस्थायी प्रकृतिका यस्ता पुलबाट सवारीसाधन सञ्चालन गर्न समस्या हुने गरेको छ। समस्या समाधानका लागि यस सडक खण्डमा १५ पक्की पुल निर्माणको माग गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)