तीज त अर्को वर्ष पनि आउँछ
kendrabindu.com · Fri Sep 11 07:59:45 GMT 2026

काठमाडौं । यस वर्षको हरितालिका तीज पर्वभन्दा ठूलो र महत्त्वपूर्ण कुरा हराइरहेका मानिसहरू सकुशल घर फर्कियन् भन्ने कामना हो। तीज त अर्को वर्ष पनि आउँछ। रातो सारी फेरि लगाउन सकिन्छ। चुरा फेरि बजाउन सकिन्छ। दरको थाली फेरि सजाउन सकिन्छ। तीजका गीत फेरि गाउन सकिन्छ। दिदीबहिनीहरू फेरि एउटै आँगनमा भेला हुन सकिन्छ। माइतीको आँगन फेरि रङ्गाउन सकिन्छ। सामाजिक सञ्जालमा तीजका तस्वीरहरू फेरि पोष्ट्याउन सकिन्छ।
तर बाढीले बगाएर लगेका जीवनहरू जीवित फर्काउन सकिएन, अब ती खाली ठाउँहरू कुनै पर्वले भर्न सकिन्छ त ? रसुवाको बाढीले केवल घर, बाटो र सम्पत्ति बगाएको छैन। यसले कतिपय परिवारको संसार नै तहसनहस बनाएको छैन, कसैका आफन्त बेपत्ता छन्, कसैका प्रियजनको खबर छैन, कसैको घरमा आफन्त फर्किने प्रतीक्षाले रातहरू कटिरहेका छन्। कुनै आमाको आँखा अझै बाटोतिर टोलाइरहेका छन्। कुनै छोरीले ढोकातिर हेर्दै “बुबा कहिले आउनुहुन्छ?” भनेर कुरिरहेकी छिन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)