पार्टी एकतामा नरम, फोहर सफाइमा निर्मम हुने हो : गगन थापा
nepalnews.com · Fri Sep 11 08:36:45 GMT 2026

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गरिने बताएका छन्। गिरिजाप्रसाद कोइराला फाउण्डेशनले आज यहाँ आयोजना गरेको ‘समीक्षा तथा भावी योजना’ कार्यक्रममा बोल्दै सभापति थापाले पार्टीको आगामी १५औं महाधिवेशनमा भाग लिनबाट कसैलाई वञ्चित नगरिएको भन्दै पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गरिने बताएका हुन्।
सभापति थापाले पार्टीको १५औं महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आगामी असोज ३ र ४ गते हुने र केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म सम्पन्न हुने भन्दै महाधिवेशनको तिथीमिति तलमाथि नहुने बताए। संविधान र पार्टीको विधानअनुसार असोज १६ देखि १९ गतेसम्म १५औं महाधिवेशन सम्पन्न हुने उनको भनाइ थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)