ग्याँस अभावको मुद्धाले छरपष्ट हुँदै रास्वपाभित्रको विवाद
ajakoartha.com · Fri Sep 11 08:36:00 GMT 2026

काठमाडौं - ग्याँस अभाव भए पनि ग्याँसको बहसले सत्तारुढ दल रास्वपाभित्रको अन्तरबिरोधलाई सल्काइदिएको छ । रवि र बालेनपक्षमा धु्रविकरण प्रष्ट देखिएको छ । बिहीबार प्रतिनिधिसभामा बोल्दै सत्तारुढ दल रास्वपाका सांसद बोधनारायण श्रेष्ठले ग्यासको अभाव भएको विषयमा सरकारको ध्यानाकर्षण गराए ।
ग्यास अभावकै विषयलाई लिएर रास्वपा सांसद हरिमोहन भण्डारीले प्रतिनिधिसभाअन्तर्गतको उद्योग समितिको सदस्य पदबाट राजीनामा दिने घोषणा गरेका छन् । जनतालाई सामान्य ग्याससमेत उपलब्ध गराउन नसकेको अवस्थामा आफू समितिमा बसेर काम गर्न नैतिक रूपमा नमिल्ने उनको तर्क थियो । ‘अहिले राज्यमा ग्यास पनि दिन सकेका छैनौं । बोकेर पनि दिनुपर्छ, बाटो बिग्रेको ठाउँमा । डेलिभरी दिनुपर्ने हाम्रो दायित्व हो,’ उनले भने, ‘सामान्य डेलिभरी पनि दिन सक्दैनौं भने परिवर्तनको के काम ?’ ग्यास संकट व्यवस्थापन गर्न नसकेको आरोप खेपिरहेकै बेला उद्योगमन्त्री गौरीकुमारी यादवले पनि बिहीबार नै पदबाट राजीनामा दिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)