‘अक्षरा’ मा मैले आम महिलाको प्रतिनिधित्व गर्छु : न्यान्सी खड्का
ratopati.com · Fri Sep 11 08:40:06 GMT 2026

काठमाडौँ । अभिनेत्री न्यान्सी खड्काले फिल्म ‘अक्षरा’ले आफ्नो करियरमा थप उचाइ दिने बताएकी छन् । फिल्म महिला केन्द्रित विषयवस्तुमा रहेको उनको भनाइ छ । फिल्ममा आफूले एक विवश नारीको भूमिका निर्वाह गरेको उनी बताउँछिन्।
‘परिवारको दबाब र चाहना विपरीत विवाह गर्न बाध्य पारिएकी र धनी तर मनको खराब श्रीमान् पर्दा भोग्नुपर्ने पीडाको कथा फिल्मले भन्नेछ’, खड्काले भनिन् ‘नारीहरू सधैँ अन्याय र पीडा सहेर मात्र बस्दैनन् भन्ने बलियो सन्देश पनि यसले दिन्छ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)