युनाइटेड नेपाली डायस्पोराद्वारा प्रधानमन्त्री दैवी उद्धार कोषमा ५१ लाख ५५५ हस्तान्तरण
nepalnews.com · Fri Sep 11 08:42:21 GMT 2026

काठमाडौं। युनाइटेड नेपाली डायस्पोराले प्रधानमन्त्री दैवी उद्धार कोषमा ५१ लाख ५५५ रुपैयाँ हस्तान्तरण गरेको छ। अध्यक्ष सोनाम लामाको नेतृत्वमा रहेको युनाइटेड नेपाली डायस्पोराको टोलीले शुक्रबार सिंहदरबारमा परराष्ट्रमन्त्री शिशिर खनाललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो।
उक्त अवसरमा नेपाल बाहिर रहेर पनि नेपालमा विपद् पर्दा आफूले सकेको योगदान गरेकामा परराष्ट्रमन्त्री खनालले सम्पूर्ण युनाइटेड नेपाली डायस्पोरा परिवारप्रति सरकार र परराष्ट्र मन्त्रालयको तर्फबाट धन्यवाद व्यक्त गरे । साथै, मन्त्री खनालले परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपालीहरूसँगको सम्बन्धमा नेपाल आउन–जान, घरजग्गा खरिद–बिक्री, तथा अन्य व्यावहारिक क्रियाकलाप गर्न आवश्यक कानुनहरू संशोधनको चरणमा रहेको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)