मौद्रिक नीति बनाउने तरिका बदलिँदै- अर्थमन्त्री वाग्लेले दिए यस्तो संकेत
kalakarmi.com · Fri Sep 11 08:46:34 GMT 2026

काठमाडौं- अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल भएको छ । छलफलका क्रममा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले मौद्रिक नीति निर्माणका क्रममा विज्ञ तथा सरोकारवालासँग व्यापक परामर्श हुँदै आएको बताएका छन् ।
उनले मौद्रिक नीति निर्माण गर्दा राष्ट्र बैंकको अनुसन्धान विभागले मौद्रिक तथा समग्र अर्थतन्त्रको अवस्थाबारे प्रमाण र तथ्य प्रस्तुत गर्ने तथा बैंक तथा वित्तीय क्षेत्रका प्रमुख कार्यकारी अधिकृतलगायत विषयविज्ञ र सरोकारवालासँग परामर्श गर्ने अभ्यास रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)