अदालतको फैसलालाई सरकारको हार वा जितका रूपमा बुझ्नु सङ्कुचित मानसिकता हो : मुख्य रजिस्ट्रार पौडेल
ratopati.com · Fri Jun 19 09:43:51 GMT 2026

काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतबाट हुने फैसलालाई सरकारको हार वा जितका रूपमा बुझ्नु सङ्कुचित मानसिकता भएको बताएका छन् । सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्य रजिस्ट्रार पौडेलले कार्यपालिका र न्यायपालिकाबिचको सम्बन्ध द्वन्द्वको नभई परिपूरक हुनुपर्नेमा जोड दिएका हुन् ।
उनका अनुसार अदालतले आफैँ मुद्दा सिर्जना गर्दैन र नागरिकको संविधानप्रदत्त मौलिक हकको संरक्षणका लागि निष्पक्ष अम्पायरको भूमिका मात्र निर्वाह गर्दछ । न्याय सम्पादनका क्रममा राज्य पक्षीय मुद्दा आउँदैमा राज्यकै पक्षमा फैसला गर्नु न्यायपालिकाको धर्म नहुने जिकिर गर्दै उनले न्यायिक निष्पक्षता कायम राख्न आफ्नो निकाय पक्षपातरहित हुनुपर्ने टिप्पणी गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)