विदेशमा रहेका नेपालीको सहजताका लागि ‘मोफा मित्र’ एप सञ्चालन
gorkhapatraonline.com · Tue May 26 14:15:27 GMT 2026

सरकारले विदेशमा रहेका नेपाली नागरिकका लागि कन्सुलर सेवा थप सहज, सरल र प्रविधिमैत्री बनाउने उद्देश्यले ‘मोफा मित्र’ एप सञ्चालनमा ल्याएको छ । कन्सुलर सेवा विभागमा मङ्गलबार आयोजित एक कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनालले सो एपको शुभारम्भ गर्नुभएको हो ।
अब ‘मोफा मित्र’ एपमार्फत विदेशमा रहेका नेपाली तथा उनीहरूका आफन्तले आफ्नै स्थानबाट अनलाइन निवेदन दर्ता गर्न, गुनासो राख्न र सम्बन्धित नेपाली नियोगसँग सहज सम्पर्क तथा समन्वय गर्न सक्नेछन् । यसले कन्सुलर सेवा थप प्रभावकारी बन्ने परराष्ट्रमन्त्री खनालले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)