बाढीपीडितका लागि प्याब्सन रुपन्देहीको १ करोड ५ लाख सहयोग
annapurnapost.com · Fri Sep 11 08:51:03 GMT 2026

बुटवल : भोटेकोशी बाढीपीडितका लागि नीजि तथा आवसीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) रुपन्देहीले प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा १ करोड ५ लाख रुपैयाँ सहयोग गरेको छ। रुपन्देही जिल्लाभर रहेका १ सय ५० वटा नीजि विद्यालयहरुले उक्त रकम सहयोग गरेका हुन्।
रुपन्देहीभर कुल २ सय वटा नीजि विद्यालयहरु रहेको व्याब्सनका जिल्ला अध्यक्ष दिपक खनालले जानकारी दिए। तीमध्ये कतिपय विद्यालयहरुले सिँधै प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा रकम सहयोग गरेको उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)