आहा ! टुँडिखेल
barnanmedia.com · Fri Sep 11 08:59:11 GMT 2026

राजधानीको मुटुमा रहेको टुँडिखेलको फेरिएको स्वरुपलाई नियाल्दै रहनुभएका कैलालीका युवा ललितकुमार कलेललाई विदेशमा पुगेजस्तो अनुभूति भयो । “अन्य देशका सहरमा जताततै यस्तै खुल्ला हरियो चौर देखिन्थ्यो, अहिले आफ्नै देशको राजधानीमा देख्न पाइयो, गर्न चाह्यो भने नहुने के छ र !” उहाँ भन्नुहुन्छ ।
चार वर्षअघि काठमाडौँ आउँदा टुँडिखेलमा हिलो हुने, खाल्डाखुल्डी हुने र हिँड्नसमेत गाह्रो हुने अवस्था थियो । अहिले खाल्डाखुल्डी पुर्ने र दुबो रोपेर हरियाली भएको देख्दा केहीबेर यहीँ आराम गरेर बसेको उहाँ सुनाउनुहुन्छ । उहाँले टुँडिखेल व्यवस्थित भएपछि सर्वसाधारणले यहाँ घुम्ने, फोटो खिच्ने, सामाजिक सञ्जालका लागि सामग्री बनाउने तथा मनोरञ्जन गर्ने वातावरण बन्ने बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)