वर्षमान पुनको प्रश्न : के सरकार सुशासनको नारामा मात्र सीमित हो ?
ratopati.com · Fri Sep 11 09:14:39 GMT 2026

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकारले सुशासन, जबाफदेहिता र नागरिक सुरक्षाको विषयमा गम्भीर विचलन देखाएको भन्दै आलोचना गरेका छन् । प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले राहत र विपद् व्यवस्थापनदेखि बजार महँगी र मन्त्रीहरूको अराजक अभिव्यक्तिको भर्त्सना गरे ।
भोटेकोशी र त्रिशूली बाढीबाट प्रभावित दुर्गम बस्तीहरूमा राहत नपुगेको गुनासो गर्दै सांसद पुनले भने– ‘सरकार आकाशमा हेलिकप्टर र काठमाडौँका सिंहदरबारमा मात्र देखिएको छ। बाटो छैन, पुल छैन, सञ्चार सम्पर्क छैन ? पीडित जनतालाई राहतको साटो आश्वासन मात्र बाँडिएको छ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)