सिटिजन्स बैंकको ‘ड्राइभिङ हाइ-भोल्युम ग्रोथ, क्वालिटी क्रेडिट एन्ड मार्केट लिडरसिप’ कार्यक्रम सम्पन्न
corporatenepal.com · Fri Sep 11 09:00:34 GMT 2026

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मधेश प्रदेशमा आफ्ना प्रदेश प्रमुख, शाखा-प्रबन्धक तथा अन्य सहकर्मीहरू माझ “ड्राइभिङ हाइ-भोल्युम ग्रोथ, क्वालिटी क्रेडिट, एन्ड मार्केट लिडरसिप ०८३/८४” कार्यक्रम आयोजना गरेको छ ।
सो सेमिनार बैंकका प्रमुख कार्यकारी अधिकृत श्री गणेशराज पोखरेल लगायत अन्य वरिष्ठ कार्यकारीको उपस्थितिमा सम्पन्न भएको छ । कार्यक्रममा गत आर्थिक बर्षको कार्य प्रगति समिक्षा एवं चालु आर्थिक वर्षका बजेट, रणनीतिक कार्य योजना एवं प्राथमिकताहरूमा छलफल गर्दै केन्द्र र प्रदेश बीच सहकार्य सुदृढ गर्ने विषयमा गहिरो अन्तरक्रिया भएकोे छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)