फूटपाथमै शिशु जन्मिएको घटनाको नालीबेली– कसले निकाल्यो अस्पतालबाट ?
lokaantar.com

सप्तरीको राजविराजस्थित सरकारी स्वामित्वमा रहेको गजेन्द्र नारायण सिंह अस्पताल परिसरअगाडिको फुटपाथमा एक विपन्न महिलाले शिशुलाई जन्म दिनुपरेको अमानवीय र संवेदनशील घटनाले देशव्यापी रूपमा चर्चा पाएको छ ।
सरकारी अस्पतालमा प्रसूति गराउन पुगेकी निरक्षर तथा विपन्न दलित परिवारकी महिलाले अस्पतालको ढोकानजिकै सडक पेटीमा बच्चा जन्माउनुपर्ने स्थिति सिर्जना हुनुले राज्यले सञ्चालन गरेको 'सुरक्षित मातृत्व तथा आमा सुरक्षा कार्यक्रम' को प्रभावकारिता एवं स्वास्थ्यकर्मीको व्यावसायिक नैतिकतामाथि नै ठूलो प्रश्नचिह्न खडा गरिदिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)