महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको आयोजना हुने
arthadabali.com · Tue May 26 14:34:30 GMT 2026
काठमाडौं/ महालक्ष्मी विकास बैंकले आफ्नो ३२औँ वार्षिकोत्सवको अवसरमा महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–२७ (सिजन–५) आयोजना गर्ने भएको छ । प्रतियोगिता यही जेठ १७ गतेदेखि २० गतेसम्म काठमाडौंको त्रिभुवन विश्वविद्यालयस्थित कीर्तिपुर क्रिकेट मैदानमा सञ्चालन हुने बैंकले जनाएको छ ।
बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीहरूबीच आपसी सम्बन्ध सुदृढ गर्ने उद्देश्यले प्रत्येक वर्ष आयोजना हुँदै आएको उक्त लिग यस वर्ष पनि वार्षिक उत्सवको अवसरमा निरन्तरता दिइएको हो । नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी, मर्चेन्ट बैंक तथा अन्य वित्तीय संस्थाहरूको सहभागिता रहनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)