लेबनानमा इजरायलको भीषण बमबारी, १६ जनाको मृत्यु
baahrakhari.com · Fri Jun 19 10:04:00 GMT 2026

काठमाडौं । लेबनानमा रातभरि गरिएको इजरायली हवाई आक्रमणमा परी कम्तीमा १६ जनाको मृत्यु भएको त्यहाँको सरकारी समाचार एजेन्सी एनएनए ले शुक्रबार जनाएको छ । विभिन्न सहरलाई निसाना बनाएर गरिएको आक्रमण पछिल्लो समयको सबैभन्दा भीषण बमबारीमध्ये एक रहेको जनाइएको छ ।
इजरायली सेनाले इरान समर्थित हिजबुल्लाहद्वारा गरिएको युद्धविराम उल्लंघनको जवाफस्वरूप कारबाही थालेको जनाएको छ । इजरायल, अमेरिका, जर्मनी तथा अरू केही देशले हिजबुल्लाहलाई आतंकवादी संगठनका रूपमा सूचीकृत गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)