जागिर गुमाएका एच–१बी भिसाधारीको ६० दिने राहत हटाउँदै ट्रम्प
ratopati.com · Fri Sep 11 09:15:15 GMT 2026

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले एच–१बी भिसामा रहेका दक्ष विदेशी कामदारले जागिर गुमाएपछि नयाँ रोजगारी खोज्न पाउने ६० दिने समय हटाउने प्रस्ताव गरेको छ ।
सन् २०१७ देखि लागू हुँदै आएको यो व्यवस्था हटाउने प्रस्तावले विदेशी दक्ष कामदारमा निर्भर अमेरिकी प्रविधि कम्पनीहरूमा समेत असर पर्न सक्ने देखिएको छ । सन् २०२५ जनवरीमा ट्रम्पले पुनः सत्ता सम्हालेयता कानुनी आप्रवासनमा विभिन्न कडाइका कदम चाल्दै आएको छ । प्रशासनले दक्ष विदेशी कामदारका लागि भिसा शुल्क बढाउने प्रस्ताव गर्नुका साथै विश्वभर रहेका अमेरिकी नियोगमा आप्रवासी भिसाका केही नियुक्ति पनि रोक्दै आएको छ । नयाँ प्रस्तावले प्रभावित कम्पनीहरूमा केही अवरोध आउन सक्ने डीएचएसले स्वीकार गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)