अमेरिकामा पहिलो पटक ६ डलरमाथि उक्लियो डिजेलको भाउ
ratopati.com · Fri Sep 11 09:20:00 GMT 2026

वाशिङ्टन डीसी । विश्व अर्थतन्त्रलाई चलायमान राख्ने प्रमुख इन्धनमध्ये एक डिजेलको मूल्य अमेरिकामा पहिलोपटक प्रतिग्यालन ६ डलरमाथि उक्लिएको छ । शुक्रबार अमेरिकी बजारमा डिजेलको औसत मूल्य प्रतिग्यालन ६ डलर शून्य ६ सेन्टमा पुगेको छ । पछिल्लो एक सातामै यसको मूल्य ८ सेन्टले बढेको छ ।
अमेरिकन अटोमोबाइल एसोसिएसन (एएए)को पछिल्लो तथ्यांकअनुसार डिजेलको राष्ट्रिय औसत मूल्य ६ डलर शून्य ६ डलर प्रतिग्यालन पुगेको छ । गत शुक्रबार डिजेलको मूल्यले यसअघि कायम रहेको रेकर्ड तोडेको थियो । सन् २०२२ को जुनमा रुसले युक्रेनमाथि आक्रमण गरेपछि डिजेलको मूल्य प्रतिग्यालोन ५ डलर ८२ सेन्टसम्म पुगेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)