४५ शहीदका शालिक निर्माणाधीन, पूर्ण नहुँदै उद्घाटन गर्न खोज्दा विवाद
kalakarmi.com · Fri Sep 11 09:21:44 GMT 2026

काठमाडौं- जेनजी आन्दोलनका शहीदहरूको सम्झनामा सातदोबाटोस्थित पौडीपोखरी परिसरमा निर्माण भइरहेको शहीद पार्कको उद्घाटन अन्तिम समयमा रोकिएको विषय अहिले चर्चामा छ । शालिकमा शहीदहरूको अनुहार नमिलेको भन्दै शहीद परिवारले आपत्ति जनाएपछि गत भदौ २४ गतेका लागि तय गरिएको उद्घाटन कार्यक्रम स्थगित भएको हो ।
जेनजी आन्दोलनका शहीदहरूको सम्मान, न्याय तथा अर्थपूर्ण स्मृतीकरण गर्ने तत्कालीन सरकार र जेनजीबीचको सहमतिअनुसार शहीद स्मारक निर्माणको योजना अघि बढाइएको थियो। तत्कालीन युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले यसको निर्माण प्रक्रियामा सरकारको तर्फबाट अगुवाइ गरेका थिए । सातदोबाटोस्थित पार्क परिसरमा ४५ जना जेनजी शहीदको शालिक बनाउने काम अघिल्लो सरकारकै पालामा सुरु भएको थियो । तर सरकारी प्रक्रिया पूरा गर्ने क्रममा चुनावी समय आएकाले निर्माण सम्पन्न हुन सकेन ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)