बाढी प्रभावित राहत कोषमा ‘भिल’ को १ करोड रुपैयाँ सहयोग
onlinekhabar.com · Fri Sep 11 09:25:18 GMT 2026

२६ भदौ, काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिमा आधारित विश्वव्यापी भिडियो मार्केटिङ प्लेटफर्म ‘भिल’ले बाढी प्रभावितहरूको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गरेको छ।
कम्पनीले एक विज्ञप्ति जारी गर्दै बाढी प्रभावित परिवार तथा समुदायको तत्कालीन आवश्यकता पूरा गर्न, अत्यावश्यक सामग्री, आपत्कालीन सहायता उपलब्ध गराउनुका साथै दीर्घकालीन पुनर्स्थापना प्रयासमा सघाउ पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)