निजी क्षेत्रले अपेक्षित ‘आर्थिक स्वतन्त्रता’को अनुभूति गर्न सकिरहेको छैन् : चेम्बर अध्यक्ष अग्रवाल
ajakoartha.com · Fri Sep 11 09:52:00 GMT 2026

काठमाडौं- नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले निजी क्षेत्रले अपेक्षित ‘आर्थिक स्वतन्त्रता’को अनुभूति गर्न नसकिरहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २८औँ वार्षिक साधारणसभामा बोल्दै अध्यक्ष अग्रवालले राजनीतिक क्षेत्रमा लोकतन्त्र र सामाजिक क्षेत्रमा सामाजिक लोकतन्त्रको अभ्यास भए पनि निजी क्षेत्रले अपेक्षित ‘आर्थिक स्वतन्त्रता’को अनुभूति गर्न नसकेको धारणा राखेका हुन् ।
अग्रवालले लामो समयदेखि नेपालको अर्थतन्त्र सुस्त अवस्थामा रहँदा निजी क्षेत्रको आत्मविश्वास कमजोर बनेको बताए। उनले आर्थिक नीतिहरूले निजी क्षेत्रको लगानी र व्यवसायिक वातावरणलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । अध्यक्ष अग्रवालले सेजनले तथ्य, सूचना र विश्लेषणमार्फत नेपालको आर्थिक बहसलाई जिम्मेवार र उत्तरदायी बनाउँदै आएको उल्लेख गरे। बजेट, मौद्रिक नीति, आर्थिक नीति तथा त्यसले उद्योगी–व्यवसायी र आम नागरिकको जीवनमा पार्ने प्रभावबारे सार्वजनिक बहस सिर्जना गर्न आर्थिक पत्रकारिताको महत्वपूर्ण भूमिका रहेको उनको भनाइ थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)