काठे पुलकै भरमा बेँसीसहर–चामे सडक
ratopati.com · Fri Sep 11 10:12:16 GMT 2026

लमजुङ । लमजुङको बेँसीसहरबाट हिमाली जिल्ला मनाङ जोड्ने बेँसीसहर–चामे सडकमा हाल तीन स्थानमा काठे पुल रहेका छन् । वर्षायाममा खोलामा पानीको मात्रा बढेपछि ती पुलबाट सवारीसाधन सञ्चालन गर्न जोखिम रहन्छ ।
डुम्रे–बेँसीसहर–चामे सडक आयोजनाका सूचना अधिकारी नवीन विष्टका अनुसार चामे बजार क्षेत्रमा दुई र स्यार्कु खोलामा एउटा काठे पुल छ। अस्थायी प्रकृतिका यस्ता पुलबाट सवारीसाधन सञ्चालन गर्न समस्या हुने गरेको छ । समस्या समाधानका लागि यस सडकखण्डमा १५ पक्की पुल निर्माणको माग गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)