परराष्ट्रमन्त्री खनालसँग अमेरिकीकी कार्यवाहक राजदूत बोल्डिनको भेटवार्ता
barnanmedia.com · Fri Sep 11 10:02:59 GMT 2026

परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि अमेरिकी दूतावासकी नवनियुक्त कार्यवाहक राजदूत मेगन बोल्डिनले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।
परराष्ट्र मन्त्रालयमा भएको भेटका अवसरमा कार्यवाहक राजदूत बोल्डिनले भोटेकोशी बाढीका कारण मृत्यु भएकाहरूप्रति गहिरो समवेदना व्यक्त गर्दै यस कठिन घडीमा नेपाल सरकार र नेपाली जनताप्रति अमेरिकी सरकारको ऐक्यबद्धता रहेको बताए । उनले बाढीबाट उत्पन्न परिस्थितिपछि राहत, पुन:स्थापना तथा पुनर्निर्माणका प्रयासमा नेपाललाई सहयोग र समर्थन गर्न अमेरिकी सरकार तयार रहेको जानकारी गराए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)