बाढीपीडितका लागि ‘भिल’द्वारा १ करोड रुपैयाँ सहयोग
annapurnapost.com · Fri Sep 11 10:06:05 GMT 2026

काठमाडौं : विश्वव्यापी भिडियो मार्केटिङ प्लेटफर्म ‘भिल’ले नेपालमा हालै आएको बाढीबाट प्रभावित समुदायहरूको राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गरेको छ।
उक्त सहयोग बाढीबाट प्रभावित परिवार तथा समुदायका तत्कालका आवश्यकताहरू पुरा गर्नका लागि प्रदान गरिएको हो। साथै, प्रभावित समुदायहरू पुनःनिर्माण र सामान्य जीवनमा फर्कने क्रममा भइरहेका पुनर्लाभ तथा पुनर्स्थापनाका प्रयासहरूमा पनि यसले योगदान गर्ने विश्वास भिलले लिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)