गर्मी छल्न भच्चेकमा आन्तरिक पर्यटकको घुइँचो
gorkhapatraonline.com · Fri Jun 19 11:02:47 GMT 2026

अहिले विभिन्न जिल्लाका तराईदेखि पहाडसम्म गर्मीको प्रकोप बढिरहेका बेला गोरखाको अजिरकोट गाउँपालिका–३ भच्चेक बजार शीतलताको खोजीमा पुग्ने आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पछिल्ला दिनहरूमा दैनिक सयौँको सङ्ख्यामा मानिसहरू भच्चेक पुगेर चिसो हावा, हरियाली डाँडाकाँडा र मनोरम हिमशृङ्खलाको दृश्यमा रमाइरहेका छन् ।
समुद्री सतहबाट करिब दुई हजार मिटरको उचाइमा अवस्थित भच्चेक बजार प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थल हो । यहाँ पुग्ने जोकोहीलाई पनि सप्तरङ्गी लालीगुराँसका वन, मौलिक गाउँबस्ती र टाढासम्म फैलिएका हिमालका शृङ्खलाले आनन्दित तुल्याउँछ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)