हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु
ratopati.com · Fri Sep 11 10:16:33 GMT 2026

काठमाडाैँ। श्रीलङ्काको राजधानी कोलम्बोको उपनगर दहिवालास्थित एक घरमा शुक्रबार बिहान भएको हाते ग्रिनेड आक्रमणमा दुई बालकको मृत्यु भएको छ। आक्रमणमा उनीहरूका बुबा घाइते भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार १० र १४ वर्षका बालकलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा दुवै बालकको मृत्यु भएको हो। घाइते बुबाको भने सोही अस्पतालमा उपचार भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)