बाढीपीडितका पक्षमा तत्काल राहत र उद्धारका स्पष्ट योजना ल्याउनु पर्छ : सांसद पुन
nepalnews.com · Fri Sep 11 10:19:59 GMT 2026

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुनले बाढी प्रभावित जनताका पक्षमा तत्काल उद्धार र राहतसँगै अस्थायी पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणका लागि स्पष्ट योजना तथा कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा सांसद पुनले भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीबाट जनधनको अपूरणीय क्षति भएको, विदेशीसहित करिब सबै जिल्लाका मानिसको ज्यान गएको, रसुवा, नुवाकोट र धादिङका नदी आसपासका जनताका घर–खेतसहित श्रीसम्पत्ति गुमी सुकुमवासीको अवस्थामा पुगेको दुःखदायी अवस्थालाई सम्बोधन गर्नेगरी स्पष्ट नीति तथा कार्यक्रम ल्याउन सरकारसँग आग्रह गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)