देवघाटमा बाँदर आतङ्क नियन्त्रणका लागि दीर्घकालीन नीति ल्याउन माग
barnanmedia.com · Fri Jun 19 11:11:44 GMT 2026

तनहुँको देवघाट गाउँपालिकाका स्थानीयवासीले देवघाट क्षेत्रमा बढ्दो बाँदर आतङ्कलाई समस्याका रूपमा उठाउँदै दीर्घकालीन समाधानका लागि स्पष्ट नीति निर्माण गर्न गाउँपालिकालाई आग्रह गरेका छन् ।
धार्मिक, पर्यटकीय तथा कृषि उत्पादनको दृष्टिले महत्वपूर्ण मानिने देवघाट क्षेत्रमा पछिल्ला वर्षमा बाँदरको सङ्ख्या उल्लेखनीय रूपमा बढ्दै गएको छ । बाँदरका कारण खेतीपातीमा ठूलो क्षति पुग्नुका साथै स्थानीय बासिन्दा र धार्मिक पर्यटकसमेत असुरक्षित बन्न पुगेको गुनासो स्थानीयको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)