डब्लुएचओबाट साइमा वाजेदको राजीनामा
ratopati.com · Fri Sep 11 10:40:52 GMT 2026

काठमाडाैँ। बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा वाजेदले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एसिया क्षेत्रीय निर्देशक पदबाट राजीनामा दिएकी छिन्। वित्तीय अनियमितताको आरोपमा अनुसन्धान भइरहेका बेला उनले सेप्टेम्बर ९ मा महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयसससमक्ष राजीनामा बुझाए।
डब्लुएचओको क्षेत्रीय समितिले सेप्टेम्बर ८ मा उनकाे नियुक्ति समाप्त गर्न सिफारिस गरेको थियो। उक्त सिफारिस कार्यकारी बोर्डले विचार गर्नुपर्ने थियो। डब्लुएचओले विषयलाई स्थापित प्रक्रिया र नियामक व्यवस्थाअनुसार निष्पक्ष रूपमा अघि बढाइएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)