डब्लुएचओबाट साइमा वाजेदको राजीनामा
gorkhapatraonline.com · Fri Sep 11 10:45:39 GMT 2026

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा वाजेदले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एसिया क्षेत्रीय निर्देशक पदबाट राजीनामा दिनुभएको छ । वित्तीय अनियमितताको आरोपमा अनुसन्धान भइरहेका बेला उहाँले सेप्टेम्बर ९ मा महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयसससमक्ष राजीनामा बुझाउनुभएको हो ।
डब्लुएचओको क्षेत्रीय समितिले सेप्टेम्बर ८ मा उहाँको नियुक्ति समाप्त गर्न सिफारिस गरेको थियो । उक्त सिफारिस कार्यकारी बोर्डले विचार गर्नुपर्ने थियो । डब्लुएचओले विषयलाई स्थापित प्रक्रिया र नियामक व्यवस्थाअनुसार निष्पक्षरूपमा अघि बढाइएको जनाएको छ । वाजेदलाई बङ्गलादेशमा भ्रष्टाचार, धोखाधडी, जालसाजी तथा शक्तिको दुरुपयोगको आरोपमा अनुसन्धान भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)