कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
ratopati.com · Fri Sep 11 10:53:35 GMT 2026

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकबाट ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ।
बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । त्यसबारे सांसदरूले आ–आफ्ना सैद्धान्तिक धारणा राखेका थिए । सांसदहरूले उठाएका सैद्धान्तिक प्रश्नको अर्थमन्त्री डा. वाग्लेले जवाफ दिएपछि सभामुख डोलप्रसाद अर्यालले विधेयक निर्णयार्थ पेस गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)