हर्मुजबारे दक्षिण कोरिया-इरान छलफल
gorkhapatraonline.com · Fri Sep 11 10:51:18 GMT 2026

दक्षिण कोरिया र इरानका विदेशमन्त्रीले शुक्रबार फोनवार्तामार्फत हर्मुज जलघाँटीको सुरक्षा तथा मध्यपूर्वको पछिल्लो अवस्थाबारे छलफल गरेका छन् । दक्षिण कोरियाले जलघाँटीको सुरक्षामा सम्भावित योगदानबारे मूल्याङ्कन गरिरहेका बेला दुई देशका विदेशमन्त्रीबीच वार्ता भएको हो ।
दक्षिण कोरियाली विदेशमन्त्री चो ह्युनले इरानी समकक्षी अब्बास अराघचीको अनुरोधमा वार्ता गर्नुभएको दक्षिण कोरियाको विदेश मन्त्रालयले जनाएको छ । केही दिनअघि इरानले द्वन्द्वमा दक्षिण कोरियाको कुनै पनि सैन्य योगदानले गम्भीर परिणाम निम्त्याउन सक्ने चेतावनी दिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)