ग्यासको कालोबजारीविरुद्ध प्रहरी अप्रेसन- दुई दिनमा ८९४ सिलिण्डर बरामद
nepalpress.com · Fri Sep 11 10:50:29 GMT 2026

काठमाडौँ । काठमाडौँ उपत्यकाभित्र गैरकानुनी रुपमा ग्यास सिलिन्डर भण्डारण तथा कालोबजारी भइरहेको सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले अप्रेसन तीव्र पारेको छ । अनुसन्धानका क्रममा प्रहरीले उपत्यकाका विभिन्न स्थानबाट ठूलो परिमाणमा ग्यास सिलिन्डरहरु नियन्त्रणमा लिएको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्कीका अनुसार हिजो र आज गरी दुई चरणमा फरक–फरक स्थानहरुबाट सिलिन्डरहरू बरामद गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)