ईभीमा आगलागी भएर मृत्यु हुने व्यक्तिको पहिचान खुल्यो
barnanmedia.com · Fri Sep 11 10:48:40 GMT 2026

भरतपुर महानगरपालिका-९ स्थित बसन्तचोकमा गुडिरहेको विद्युतीय गाडीमा आगलागी हुँदा मृत्यु हुने व्यक्तिको पहिचान खुलेको छ। पूर्व-पश्चिम राजमार्गको सर्भिस लेनमा आगलागीमा परी ज्यान गुमाउनेमा भरतपुर महानगरपालिका-११ का ५५ वर्षीय अमर पराजुली रहेका छन्।
पराजुली नारायणी विद्या मन्दिरका पूर्व सञ्चालक तथा पूर्व सैनिक समेत हुन्। शुक्रबार बिहान करिब ६ बजे बा.प्र. ०१-०३० च ५५७९ नम्बरको जीएसी आयोन वाई मोडेलको ईभी कारमा गुड्दागुड्दै एक्कासि आगलागी भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)