एआईको अर्को खतरा : निगरानी, जासुसीदेखि जैविक हतियारसम्म
ratopati.com · Fri Sep 11 10:55:33 GMT 2026

चीन, इरानलगायत देशसँग सम्बन्धित राज्य समर्थित समूहहरूले जातीय अल्पसङ्ख्यक, असन्तुष्ट तथा विदेशमा रहेका विरोधीको निगरानी र जासुसीका लागि कृत्रिम बौद्धिकता (एआई) को प्रयोग बढाउँदै गएको एआई कम्पनी एन्थ्रोपिकले जनाएको छ।
एन्थ्रोपिकले यस वर्ष जनवरीदेखि जुलाईसम्म चीन, इरान र पश्चिम अफ्रिकाबाट सञ्चालित राज्य प्रायोजित निगरानीका कैयौँ अभियान पत्ता लगाएर अवरुद्ध गरेको जनाएको छ। प्रतिवेदनअनुसार हङकङका प्रजातन्त्र समर्थक, केही अल्पसङ्ख्यक समुदाय तथा विदेशमा रहेका इरानी सरकारका विरोधीहरू त्यस्ता निगरानी अभियानको निशानामा परेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)