सडकमै प्रसूति प्रकरण : स्वीपरदेखि डाक्टरसम्म कामबाट हटाइए
ratopati.com · Fri Sep 11 11:01:09 GMT 2026

काठमाडौँ । पैसा तिर्न नसकेको भन्दै सप्तरीको गजेन्द्र नारायण सिंह अस्पतालले प्रस्तुति व्यथा लागेकी एक महिलाले सडक पेटीमै बच्चा जन्माउन बाध्य भएको विषयमा आलोचना भएपछि अस्पतालले ६ जना कर्मचारीलाई कामबाट हटाएको छ ।
अस्पतालले शुक्रबार सूचना प्रकाशित गर्दै डा. उषा देवसहित सुरक्षा गार्ड देवकान्त झासम्मलाई कामबाट हटाएको जनाएको हो । देव र झासहित स्टाफ नर्सद्वय मनिषा कुमारी साह र सजन चौधरी, कास रेणु ठाकुर र स्वीपर कृष्ण मेहतरलाई कामकाजबाट हटाएको अस्पतालले जनाएको छ । उनीहरूलाई छानबिन समितिले प्रतिवेदन नदिएसम्म कामबाट हटाएको अस्पतालको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)