भोटेकोशी बाढी सम्बन्धी २३३ सामग्रीमा आचारसंहिता उल्लङ्घन
barnanmedia.com · Fri Sep 11 11:06:32 GMT 2026

प्रेस काउन्सिलले सार्वजनिक गरेको सञ्चार अनुगमन सम्बन्धी विवरणअनुसार बाढी सम्बन्धी सामग्रीमा पीडितको संवेदनशील अवस्थालाई उचित ध्यान नदिएको, अपुष्ट तथा भ्रमपूर्ण सूचना सम्प्रेषण गरेको, अतिरञ्जित ढङ्गले सामग्री प्रस्तुत गरेको तथा पत्रकारिताका स्थापित मूल्य, मान्यताको पालना नगरेकोलगायत विषयमा आचारसंहिता उल्लङ्घन भएको जनाएको छ ।
अनुगमनका क्रममा सञ्चार माध्यमसँग सम्बन्धित ९१, गैरसञ्चार माध्यम १०१ र पत्रकारसँग सम्बन्धित ४१ वटा सामग्री आचारसंहिताभन्दा विपरीत रहेका भनी पहिचान गरिएको विवरणमा उल्लेख छ । काउन्सिलले आचारसंहिता उल्लङ्घन गर्ने सामग्रीका सम्बन्धमा सम्बन्धित सञ्चारमाध्यम, पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई आवश्यक सुधार तथा सच्याउन निर्देशन दिएकोसमेत जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)